|

चितवन : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल विद्यार्थी संघको नेतृत्व असफल भएको बताएका छन्। भरतपुरमा मंगलबार प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले नेविसंघका अध्यक्ष नैनसिहं महरले पदीय दायित्व पूरा नगर्न सकेका कारण राजीनामा दिएको टिप्पणी गरेका हुन्।

नेता पौडेलले माघ १० गते नै समय अवधि सकिइसक्दा पनि आफ्नो दायीत्व पूरा गर्न नसकेर राजीनामा दिएकाले अब महरको नेतृत्वमा गरिएका सबै सिफारिसको अर्थ नरहने स्पष्ट पारे। उनले भने 'विगतका दिनमा प्रदान गरिएका मनोनयन पत्रको वैधानिकता केन्द्रीय अध्यक्ष महरको राजीनामासंगै सकिएको छ।' 

महरको राजीनामासँगै अब नेविसंघ विधानअनुसार अघि बढ्ने बताउँदै नेता पौडेलले संगठनको समस्या चाँडै टुंगिने भएकाले धेरै विवाद गर्नुपर्ने आवश्यकता नभएको पनि बताए।

यसैबीच नेता पौडेलले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएका छन्। दुई तिहाई बहुमतको वर्तमान कम्युनिस्ट सरकारसँग जनताको अपेक्षा धेरै भए पनि सरकारको गति र विधि दुवै नभएको आरोप लगाएका हुन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.