|

काठमाडौं : वित्तीय विश्लेषकहरुको संस्था एसोसियसन अफ इन्भेष्टमेन्ट प्रोफेसनल नेपालको स्थापना भएको छ। चार्टर फाइनान्सियल एनालिष्टको क्षेत्रका सक्रीय तथा अध्ययनरतहरूले यो संस्थाको स्थापना गरेका हुन्। 

आगामी शुक्रबार औपचारीक घोषणा गरिने संस्थाको अध्यक्षमा डा. मनोज शाही रहेका छन्। उनका अनुसार अहिले नेपालमा चार्टर फाइनान्सियल एनालिष्ट (सीएफए) १२ जना मात्रै रहेको छ। एसोसियसनले ३ फागुनान सम्मेलनको आयोजना समेत गरेको छ। 

सम्मेलनमा स्वदेशी तथा विदेशी विज्ञहरु, यसमा अध्ययरत विद्यार्थीहरु, यस क्षेत्रसँग सम्बन्धित नियामक निकाय धितोपत्र बोर्डका प्रतिनीधिहरुका साथै बीमा, बैकिङ, मर्चेण्ट बैकिङ क्षेत्रका प्रतिनीधिहरुको सहभागिता रहनेछ। सम्मेलनमा १३० जना सहभागी रहने छ। 

 संस्थामा चारवटा कमिटि रहेका छन्। एशोसियसनका अनुसार, पहिलो एडभोकेसी कमिटि हो जसले कानुन नीति नियम तर्जुमा गर्न सरोकारवालासँग छलफल गरेर नीति निर्माणकर्तालाई सुझाव दिनेछ भने दोेस्रो युनिभर्सिटी आउटरिच हो, जसले सीएफए कार्यक्रम तथा विश्वविद्यालयको पाठ्यक्रमको समय सापेक्ष सुधार गर्दै अन्तराष्ट्रियस्तरको बनाउने र स्थानीय वित्त व्यवस्थापनको अध्ययन अध्यापनको गुणस्तर बढाउँन नीतिगत वकालत तथा प्राविधिक सहायता हस्तान्तरण गर्न सघाउने सोमबार आयोजित पत्छरकार सम्मेलनमा जानकारी गराइएको हो।

त्यस्तै करियर काउन्सिलिङ र रोजगारदातामा व्यवसायिक महत्वको जानकारी अभिबृद्धि  गराउन छुट्टै कमिटी बनाइएको छ।  सञ्चालन तथा बजेट जसले बार्षिक सञ्चालन र योजना निर्माण गरी संस्थाको नियमित सञ्चालनमा सघाउने एशोसियसनले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.