अर्थ

साढे दुई करोड धरौटीमा रिहा भए आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का
SHARES

फाइल फाेटाे
माघ २९, २०७५

    काठमाडौं :  नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का दुई करोड ५० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। विशेष अदालत काठमाडौंका अध्यक्ष बाबुराम अर्याल र सदस्यहरू प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले उनलाई धरौटीमा रिहा गरेको हो।

    सार्वजनिक पदको दुरुपयोग गरी १८ करोड ६६ लाख बराबर भ्रष्टाचार गरेको आरोप लागेका खड्काको नेपाल इन्भेस्टमेन्ट बैंकले बैंक ग्यारेन्टी गरेपछि रिहा हुनु भएका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध गत पुस २३ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। श्रीमती शर्मिला खड्का र अनिता लामाका नाममा अकूत रुपमा आर्जन गरेको सम्पत्ति लुकाएको आरोप अख्तियारले लगाएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]