सई सिंहलाई निलम्बनको सिफारिस

|

धनगढी : तीन महिनाअघि १४ वर्षीया किशोरी जबरजस्ती करणीको आरोपमा सोमबार इलाका प्रहरी कार्यालय लम्किले २३ वर्षीय दिलीप दमाईलाई पक्राउ गरेको थियो। पक्राउपछि सोमबार साँझ जिल्ला प्रहरी कार्यालय कैलालीमा थुनामा रहेका दमाई मंगलबार करिब २:३० बजे फरार भएका हुन्।

बालिका करणीको अभियोगमा चिसापानीबाट पक्राउ परेका दमाई  कैलाली जिल्ला अदालत परिसरवाटै फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले जानकारी दिए। ‘जजक मुद्दामा २३ वर्षका दिलीप दमाईलाई अदालत लगेकोमा उनी हत्कडीसहित फरार भएका हुन्। उनको खोजी भइरहेको छ’ प्रहरी उपरीक्षक तिम्सिनाले बताए।

केही प्रहरीसहित अभियुक्तलाई म्याद थप गर्न अदालत लैजाने गरिए पनि मंगलबार इलाका प्रहरी कार्यालय लम्किका प्रहरी नायव निरीक्षक जनक सिंहले एकल रूपमा बुझेर दमाईलाई अदालत लगेका थिए। सोही अवस्थामा दमाई फरार भएको प्रहरीले जनाएको छ।

प्रहरीले अदालबाट अभियुक्त फरार भएको दाबी गरे पनि अदालतले भने अदालतबाट फरार भएको बारे जानकारी नभएको बताएको छ। फरार अभियुक्त र प्रहरी अधिकारी अदालतसम्म नपुगेको जिल्ला अदालतले जनाएको छ। ‘हामीले पनि बाहिरको हल्ला सुनेर मात्रै थाहा पाएका हौँ’ जिल्ला अदालत कैलालीका प्रवक्ता नरबहादुर नेगीले भने, यहाँ म्याद थपको लागि प्रहरी र अभियुक्त दुवै पुगेका छैनन्।’

प्रहरीले हतकडीसहित अभियुक्त अदालतबाट भागेको दाबी गरे पनि अदालतका प्रवक्ता नेगीले अदालत परिसरबाट सजिलै अभियुक्त भाग्न नसक्ने बताए। नेगीले भने, ‘गेटमा सुरक्षा निकाय छ। हत्कडी लागेको मान्छे फरार हुँदा उसले समातिहाल्छ। अदालतको वरिपरी कम्पाउन्ड वाल पनि छ। त्यसमाबाट हत्कडी लगाएको मान्छे आफैँ उक्लेर भाग्न सक्ने अवस्था हुँदैन।’

जिल्ला प्रहरी कार्यालयसँगै रहेको अदालतसम्म पुर्‍याउँदा हतकडी सहितको अभियुक्त फरार हुनु र प्रहरीले समात्न नसक्नु संकारस्पद रहेको कतिपयको आशंका रहेको छ। इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक जनक सिंहको लापरबाहीले अभियुक्त फरार भएको भन्दै उनलाई तत्काल निलम्बनको लागि सिफारिस गरिएको छ।

प्रहरीकै लापरबाहीले अभियुक्त फरार भएको यो नै पहिलो घटना भने होइन यसअघि पनि पटकपटक ठूला घटनामा संलग्न अभियुक्तहरू फरार भइरहेका छन् तर, ती अभियुक्तहरू मध्ये केही अझै पक्राउ परेका छैनन्। सुरक्षा निगरानीकै बीचबाट कसरी भाग्छन् त अभियुक्तहरू यस विषयमा प्रहरी नेतृत्व गम्भीर बन्नुपर्ने बेला आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.