|

काठमाडौं : 'बि डिभिजन' लिगमा मंगलबार खेलिएका दुवै खेल बराबरीमा सकिएको छ।

सातदोबाटो स्थित एन्फा मैदानमा भएको पहिलो खेलमा बाँसबारी क्लब र टुसाल युथ क्लब २-२ गोलको बराबरी खेले भने झम्सिखेल फुटबल क्लब र नयाँ बस्ती युवा क्लबले गोलरहित बराबरी खेलेका छन्।

मंगलबारको भएको पहिलो खेल भने निकै प्रतिस्पर्धात्मक भएको थियो। खेलको को ११ औँ मिनेटमा अनुज भण्डारीको गोलमार्फत् बाँसबारी क्लबले सुरुवाती अग्रता लिएको थियो। लगत्तै १४ औँ मिनेटमा पेनाल्टीमार्फत् सुजन लिम्बूले गोल गर्दै बाँसबारीको अग्रता दोब्बर बनाएका थिए। २४ औँ मिनेटमा युवराज ढकालले टुसालका लागि गोल गर्दै खेलमा फर्किने संकेत गरे। खेलको अन्तिम समय सम्म २—१ को अग्रता कायम राखेको बाँसबारी अतिरिक्त समयमा सम्हालिन नसक्दा टुसाल युथ क्लबका मनिस सेंडाईले गोल गर्दै बाँसबारीलाई अंक बाँड्न बाध्य बनाए। दुवै क्लबले २—२ गोल गर्दै बराबरी अंक बाँढेका हुन्।

दोश्रो खेलमा झम्सिखेल र नयाँ बस्ती बीच कुनै गोल हुन सकेन। दुवै तर्फबाट केही राम्रो प्रयास भए पनि दुवै टोली गोल गर्नबाट चुके र अंक बाँड्न बाध्य भए। लिगको पहिलो खेलमा नयाँ बस्ती आरसिटीसँग ३–१ गोल अन्तरले पराजित भएको थियो।

मंगलबारको खेल सकिएसँगै १ जित र १ बराबरीका साथ ४ अंक रहेको झम्सिखेल लिगको पहिलो स्थानमा रहेको छ भने समान नतिजाका साथ टुसाल क्लब दोस्रो स्थानमा छ। बाँसबारी क्लब र नयाँ बस्ती दुवैले १ हार र १ बराबरीका साथ समान १ अंक जोड्दै ७ औं र ८ औँ स्थानमा रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.