|

चितवन : पूर्व राष्ट्रपति डा.रामवरण यादवले शिक्षाको विकासबिना मुलुक समृद्ध नहुने बताएका छन्। भरतपुर महानगरपालिका ४ लंकुस्थित लक्ष्मी माविको ५५ औं बार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै डा यादवले शिक्षा विना समृद्धिको सपना पूरा नहुने बताएका हुन्।

शिक्षाले मानिसलाई नैतिकवान बनाउने भन्दै डा यादवले नैतिकता नभएको मानिस रोवट जस्तो हुने उल्लेख गरे। गुणस्तरीय शिक्षाका लागि स्थानीय जनता आफै जागरुक हुँदै स्थानीय तहलाई घचघच्याउनुपर्नेमा जोड दिदै यादवले समुदाय र शिक्षकले यसको नेतृत्व लिनुपर्ने बताए। सामुदायिक विद्यालय मध्ये ८० प्रतिशत विद्यालय धरासायी बनेको बताउँदै यादवले विद्यालय सुधारका लागि स्थानीय सरकार बढी जिम्मेवार वन्नुपर्ने बताए।

मुलुकलाई समृद्ध बनाउन शिक्षासँगै स्वास्थ्य, पर्यटन, कृषिलाई नयाँ नयाँ प्रविधिको प्रयोगमार्फतसँगै अघि बढाउनुपर्ने उल्लेख गरे। उनले संविधान धेरै मिहिनेतका साथ बनेकाले यसको कार्यान्वयनमा सवैले आआफ्नाे स्थानबाट सहयोग गर्नुपर्ने समय आएको बताएका छन्। संविधान निर्माणताका आफूलाई धेरै चिन्ताले सताउने गरेको स्मरण गर्दै डा यादवले अव फेरि कार्यान्वयनको चिन्ताले सताइरहेको बताए। 

सोही अवसरमा प्राविधिक शिक्षाका लागि जियो म्याट्रिक्स सर्वे इन्जिनियरिङ पठन पाठनका गर्न नवनिर्मित भवनको उद्घाटन गरिएको थियो। ६ कोठे सो दुईतले भवन ५६ लाखको लागतमा निर्माण गरिएको हो। विसं २०२० सालमा स्थापना भएको सो विद्यालयान अहिले एक हजार ५७ जना विद्यार्थी अध्ययनरत रहेकाे विद्यालयका प्रध्यानाध्यापक रेशमबाबु ढकालले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.