|

सुनसरी : धरानमा जारी बुढासुब्बा गोल्डकपमा बुधबार अन्तिम क्वाटरफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब र क्यामरुनको दाफिन्स फेमिली क्लबबीच हुँदैन। 

अन्तिम समयमा मनाङ मस्र्याङदी क्लबले सहभागी नहुने जनाएपछि आयोजकले एपीएफलाई सहभागी गराएको हो। एपिएफ र क्यामरुनबीच हुने खेलको विजेताले सेमिफाइनलमा नेपाल पुलिस क्लबसँग शुक्रबार प्रतिष्पर्धा गर्नेछ। पुलिस यसअघि पोखराको साहरा क्लबलाइ पराजित गर्दै सेमिफाइनल प्रवेश गरिसकेको छ।

प्रतियोगिताको विजेताले आठ लाख र उपविजेताले चार लाख रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले स्कुटर, प्रत्येक खेलको म्यान अफ दि म्याचले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। यस्तै, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार पाउनेछन्। सर्वाधिक गोलकर्ताले ३५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.