|

काठमाडौं : हिरो वुमन्स गोल्डकप फुटबलमा नेपालले इरानको सामना गर्दैछ। 

भारतको भुवनेश्वरस्थित कालिंगाा रंगशालामा  हुने खेलमा नेपालले इरानसँग प्रतिस्पर्धा गर्न लागेको हो। पहिलो खेलमा म्यानमारसँग ३–० गोल अन्तरले पराजित भएको नेपाली महिला राष्ट्रिय फुटबल टिमले उत्कृष्ठ पुनरागमन गर्दै दोस्रो खेलमा भारतलाई २–१ गोल अन्तरले पराजित गरेको थियो। राउन्ड रोबिनको आधारमा हुने आजको खेलमा इरानलाई हराउन सके नेपालले फाइनलमा स्थान बनाउने सम्भावना प्रबल छ। 

नेपाल अहिले तालिकाको तेस्रो स्थानमा छ। दुवै खेलमा शतप्रतिशत जित हात पारेको म्यानमार शीर्ष स्थानमा रहेको छ। एक खेलमा जित र एक खेलमा हार ब्यहोरेको भारत दोस्रो स्थानमा छ। पहिलो र दोस्रो हुने टिम फाइनलमा प्रवेश गर्नेछन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.