|

पर्वत : पर्वतमा जारी तेस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा बुधबार सशस्त्र प्रहरी र न्यु डायमण्ड एकेडेमीबीच हुँदैछ।

लिग कम नक आउटको आधारमा भएको खेलमा मंगलबार सशस्त्र प्रहरीले नेपाल पुलिस क्लबलाई र न्यू डायमण्ड एकेडेमीले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेपछि दुई टिमले फाइनलमा भेट पक्क गरेको थियो।

सेमीफाईनलमा शसस्त्र प्रहरीले लगातार तीन सेटमा जित हात पार्दै नेपाल पुलिस क्लबलाई पराजित गरेको थियोे भने अर्को खेलमा न्यु डायमण्ड एकेडेमीले तीन सेट जितेर आर्मी क्लबलाई पराजित गरेको थियो। तेस्रो स्थानका लागि पनि बुधबार नै आर्मी र पुलिसको खेल हुँदैछ। 

प्रतियोगितामा बिजेताले दुई लाख, उपविजेताले एक लाख र तेस्रोले ५० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएइको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.