|
फाइल फोटो

भक्तपुर : हनुमन्ते सफाइ अभियानको ५१ औँ साताको कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने भएका छन्। प्रचण्डको प्रमुख आतिथ्यमा यही फागुन ४ गते हुने सफाइ अभियान भव्यरूपमा मनाइने भएको हो। 

यही फागुन ४ गते बिहान ७ बजे मध्यपुर अस्पतालको दक्षिणतर्फ रहेको मध्यपुरथिमि र सूर्यविनायक नगरपालिकाको सिमानास्थित हनुमन्ते नदीको पुलबाट सफाइ अभियान सञ्चालन गर्नुका साथै राष्ट्रिय धावक बैकुण्ठ मानन्धरको नेतृत्वमा वाकाथुनसमेत हुने क्षेत्र नं.२ का सांसद महेश बस्नेतले जानकारी दिए। 

वाकाथुनसँगै भक्तपुरको सल्लाघारीमा नेपालको ठूलो झण्डा गाडेर झण्डोत्तोलनसमेत गरिने भएको छ। हनुमन्ते सफाइ अभियानले नै अरनिको राजमार्ग सफाइ अभियानदेखि सम्पदा, मठमन्दिर सफाइ अभियान, गाउँटोल सफाइ अभियानसमेत सञ्चालन गर्दै आएको उक्त सफाइ अभियानका संयोजकसमेत रहेका सूर्यविनायकका नगर प्रमुख वासुदेव थापाले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.