|

काठमाडौं : सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको छ। बुधबारबाट सुरु गरिएको रोजगार कार्यक्रममा नौ प्रकिया राखिएको छ।

पहिलो : वडा कार्यलयमा दर्ता। बेरोजगार व्यक्तिले आफू स्थायी बसोबास गरेको स्थानीय तहको वडा कार्यालयमा व्यक्तिगत विवरणसहितको फारम भरी नाम दर्ता गर्नुपर्नेछ।

दोस्रो : रोजगार सेवा केन्द्रमा निवेदन संकलन। वडा कार्यालयमा प्राप्त फारमहरू रोजगार सेवा केन्द्रमा बुझाउनु पर्नेछ। यसका लागि सरकारले ७५३ स्थानीय तहमा सकरार संयोजक नियुक्तिको प्रकिया अघि बढाएको छ।

तेस्रो : बेरोजगारको सूची तर्जुमा। रोजगार सेवा केन्द्रमा प्राप्त फारमहरूको आधारमा बेरोजगार व्यक्तिहरूको सूची गाउँ वा नगर कार्यपालीकामा निर्णयका लागि पेस गर्नुपर्नेछ।

चौथो : स्थानीय तहमा सूची अनुमोदन। स्थानीय तहले बेरोजगारहरूको सूची अनुमोदन गर्नुपर्नेछ।

पाँचौँ : व्यवस्थापन सूचना प्राणालीमा प्रविष्ट

बेरोजगार व्यक्तिको विवरण रोजगार व्यवस्थापन सूचना प्राणालीमा प्रविष्ट गर्नुपर्नेछ।

छैटौँ: श्रमिकको माग संकलन। रोजगार आयोजनाहरूले आवश्‍यक श्रमिक रोजगार सेवाकेन्द्रमा माग गरी पठाउनुपर्नेछ।

सातौँ : लाभग्राहीलाई परिचयपत्र वितरण। रोजगार सेवा केन्द्रमा माग भएबोमोजिमका श्रमिकलाई लाभग्राही परिचयपत्र सहित काम गर्न खटाउनेछ।

आठौँ : माग भएअनुसार रोजगारीमा परिचालन। श्रमिकले रोजगार सेवा केन्द्रले खटाएको क्षेत्रमा गएर काम गर्नुपर्नेछ।

नवौँ : बैंक खातामा पारिश्रमिक भुक्तानी। सम्बन्धित आयोजनाले काम गरेको दिनको भुक्तानी श्रमिकको बैंक खातामा गर्नुपर्नेछ।

सरकारले सकेसम्म आफ्नै वडा कार्यालय, वडा कार्यालयमा नभए स्थानीय तह, स्थानीय तहमा नपाएमा जिल्ला र जिल्लामा नपाए देशभर जहाँ पनि खटाउन सक्ने प्रावधान राखेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.