|

काठमाडौं : भारतीय खेलाडी अंकित दबासको सानदार अलराउन्ड प्रदर्शनमा काठमाडौं गोल्डेन्सले प्रतियोगितामा दोस्रो जित निकालेको छ। बुधबार भएको खेलमा महेन्द्रनगर युनाइटेडलाई ७ रनले पराजित गर्दै काठमाडौंले धनगढी प्रिमियर लिगमा प्लेअफ संभावनाको बाटो बलियो बनाएको छ।

उत्कृष्ट प्रदर्शन गरेका अंकित लगातार दोस्रो खेलमा म्यान अफ द म्याच घोषित भए। काठमाडौंले प्रस्तुत गरेको १ सय ३५ रनको लक्ष्य पछ्याएको महेन्द्रनगरले २० ओभरमा ८ विकेट गुमाएर १ सय २७ रनमा समेटियो।

अन्तिम ओभरमा जितको लागि महेन्द्रनगरलाई १२ रन चाहिएको अबस्थामा योगेन्द्रसिंह कार्कीले ५ रन खर्चेर १ विकेट लिएपछि काठमाडौं आफ्नो प्रभावसाली जित निकाल्न सफल भयो। महेन्द्रनगरका लागि अमर सिंह राउटेलाले २७ बलमा २ चौका प्रहार गर्दै २८ रनमा अविजित रहे।

पहिलो ओभरमानै महेन्द्रनगरले मोहम्मद नाविदलाई गुमायो। त्यसपछि खेलमा दबाबमा परेको उसले दोस्रो ओभरमा राशिद खानले अर्का ओपनर दिलिप नाथलाई एलवी डब्लूको धरापमा पारेपछि पुन अर्कोपटक महेन्दनगरमाथि संकट परेको थियो। त्यस्तै पाँचौ ओभरमा आरिफ शेखलाई ललिलत नारयण राजवंशीले १८ रनमा क्याच आउट गराउँदा  चौथो विकेटका रुपमा आनन्दले १५ रन जोड्दै पेभिलिएन फर्के।

१० औं ओभरमा कप्तान शरद भेषवाकर २४ बलमा ३ चौका सहित २३ रन जोड्दा आउट भए। त्यसपछि छैटौं विकेटका रुपमा कुशल मल्ल ६ रनमा आउट हुँदा सातौ विकेटको रुपमा रोहित कुमार पौडेल १० रनमा पेभिलियन फर्किएपछि महेन्द्र नगरको जितको संभावना कमजोर बनेको थियो। काठमाडौंका लागि राशिद खानले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए। त्यस्तै अंकित दवासले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिंदा ललितनारयण राजवंशीले र नन्दन यादवले समान एक विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले अंकित दबासको उत्कृष्ट ब्याटिङको मधतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३४ रन जोड्न सफल भयो। अंकितले नट आउट ६५ रन जोडे। उनले ५५ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। अंकितले योगेन्द्रसिंह कार्कीसँग मिलेर छैटौं विकेटका लागि अन्तिम ७ ओभरमा नटआउट ७६ रनको साझेदारी गरेका थिए। । योगेन्द्रले १४ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २२ रन जोडेर राम्रो साथ दिए। त्यसअघि ओपनिङ भने खराव रह्यो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.