|

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रम तीनै तहका सरकारको साझा कार्यक्रम हरेको बताएका छन्। बुधबार घोषणा गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खतिवडाले तीनै तहका सरकारको साझा कार्यक्रम रहेको भन्दै यसलाई सफल बनाउनु पर्ने बताए। 

प्रधानमन्त्री रोजगार कार्यक्रम सार्वजनिक गरेको दिन श्रमिकको दिन भएको मन्त्री खतिवडाको भनाइ छ। युवा शक्तिलाई श्रम बजारमा प्रयोग गर्दामात्रै दीगो विकास हुने भएकोले यो कार्यक्रम प्रभावकारी हुने खतिवडाको भनाइ छ। सामाजिक सुरक्षाको हक कार्यन्वयन गर्न रोजगारीको हक कार्यन्वयन गर्नु पूर्वशर्त रहेको मन्त्री खतिवडाले बताए। 

उनले रोजगारी दिने अन्य कार्यहरू रहे पनि प्रधानमन्त्री रोजगार कार्यक्रम एउटा विकल्प रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.