|

काठमाडौं : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सकरारले तोकेको निश्‍चित आम्दानी नगर्ने र स्वरोजगार नबनेका युवालाई प्रधानमन्त्री रोजगार कार्यक्रम आकर्षित हुने बताएका छन्। बुधबार कार्यक्रमको घोषणा गर्दै मन्त्री विष्टले यस्तो बताएका हुन्। 

उनले आफ्नो वा विरानो नचिन्ने दाबी गरेका छन्। भत्ता बाड्ने कार्यक्रमको रुपमा नबुझ्न पनि उनले आग्रह गरेका छन्। मन्त्री विष्टले श्रमको सम्मान गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम उपयोगी हुने बताए। 

युवाको सीप र पौरखलाई सस्वेदशमा नै उपयोग गर्न कार्यक्रम फलदायी हुने मन्त्री विष्टले बताए। श्रम बजारको क्षमता बढाउन पनि प्रधानमन्त्री रोजगार कार्यक्रम केन्द्रित हुने मन्त्री विष्टले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.