|

क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले क्रिकेट अवार्डको घोषणा गरेको छ। बुधबार एक कार्यक्रमको आयोजना गर्दै सिप्यान र एनसीसीएसबीच अवार्ड सम्झौता भएको हो। सम्झौता पछि ‘एनसिसिएस-सिप्यान क्रिकेट अवार्ड’का रूपमा खेलाडीलाई समान गरिने छ। 

सिप्यानले पाँच विधामा प्रदान गर्ने अवार्ड २१ फागुनमा गर्ने तय भएको हो। सिप्यानले वर्ष क्रिकेट खेलाडी पुरुष र महिला, वर्ष उदाउँदो क्रिकेट खेलाडी, वर्षको उत्कृष्ट क्षण अवार्ड र लाइफटाइम्स अचिभमेन्ट अवार्ड प्रदान गरिने जनाएको छ।

वर्ष क्रिकेट खेलाडी पुरुषले अवार्डसँगै नगद १ लाख ३२ हजार प्राप्त गर्दा अन्य चार विधाका विजेताले समान ६६ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। महिलाको क्रिकेट गतिविधि धेरै नभएकाले पुरुष र महिलाको पुरस्कार राशिमा फरक परेको सिप्यानका अध्यक्ष मनिषराज पाण्डेले जानकारी दिए।

अवार्डको लागि सिप्यानले खेलाडी छनोटको प्राविधिक समिति गठन गर्ने र सोहि समितीको सिफारिसका आधारमा खेलाडीलाई अवार्ड प्रदान गर्ने जनाएको छ। त्यस्तै एक पुराना खेलाडीलाई लाइफटाइम्स अचिभमेन्ट अवार्ड र समर्थकहरूको आधारमा वर्षको उत्कृष्ट क्षण अवार्ड दिइने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.