|

काठमाडौं : समलिंगी विवाहसम्बन्धी चलचित्र 'म होइन म' ले एक करोड भ्यूज पाएको छ। पहिचान मिडियाको युट्युब च्यानलमा एक वर्षअगाडि अपलोड भएको चलचित्र म होइन म ले एक करोड भ्युज पाएको हो।

नीलहिरा समाजले निर्माण गरेको चलचित्र हलमा भने प्रदर्शन भएको छैन। युट्युबमा झण्डै नौ सय प्रतिक्रिया पाएको म होइन म चलचित्रले समलिंगी व्यक्तिलाई घर, परिवार र समाजले गर्ने व्यवहार देखाएको छ। 

चलचित्रको सुरुवात एक भव्य महल, पार्किङमा गाडी, समाजमा उच्च इज्जत भएको परिवारमा कान्छो छोराको विवाहबाट हुन्छ। विवाहको रात दुलाहा (अभिषेक र दुलही सिर्जना) को सुहागरातलाई परिवार र उसका साथीहरूले चासोका साथ ढोकाबाट चिहाई चिहाई हेर्छन्। दुलाहादुलहीको कोठामा राति के भयो अभिषेकको साथी राज, उसकी श्रीमती सीमा र उसकी अर्की साथी मात्रै होइन, उनका बाबुआमा र दाइले पनि जान्न खोज्छन्।

आफैँले आफ्नो बारे परिवारलाई नबुझाए समाजले पनि नबुझ्ने निष्कर्षमा पुगेको अभिषेक भन्छ– 'तपाईंहरूलाई मलाई देखेर लाज लाज्छ, तर मलाई के लाग्छ तपाईंहरू सुन्न सक्नुहुन्छ? मलाई मेरो पूरै परिवार देखेर लाज लाग्छ । आमाले मेरो समलिंगी व्यवहारलाई रोग सम्झनु भयो। मलाई बुझ्दै नबुझी यो विवाहको नौटंकी गर्नुभयो। बुबाले त आजसम्म मेरो अनुहार नै हेर्नु भएको छैन।'

जब अभिषेकले आफैं खुलेर परिवारलाई आफ्नो बारे कुरा राख्छ, तब उसको परिवारले स्वीकार गर्छ। परिवारले अभिषेकलाई गरेको व्यवहारप्रति पश्चाताप व्यक्त गर्छ। झुक्काएर गरिएको विवाहबाट सिर्जना मुक्त हुन्छे। अन्त्यमा सिर्जना र अभिषेक आ–आफ्नो नयाँ जीवन सुरु गर्न स्वतन्त्र हुन्छन्। अनि चलचित्र सकिन्छ।

यो चलचित्र ‘मानव अधिकार अन्तराष्ट्रिय फिल्म महोत्सव–२०१७’ मासमेत दखाइएको थियो। समलिंगी सम्बन्धलाई लिएर बनाइएको चलचित्र ‘म होइन म’ इलम दीक्षितले निर्देशन गरेका हुन्। ८० मिनेट लामो चलचित्रले आफ्नै परिवारले फरक यौनिकता स्वीकार नगरेसम्म समाज र राज्यले स्वीकार गर्दैन भन्ने सन्देश दिने यो चलचित्र नेपालकै पहिलो समलैंगिक सम्बन्धलाई लिएर बनाइएको चलचित्र हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.