एकैदिन हजार पर्यटक पुर्‍याउने उद्देश्य

|

बाजुरा : वर्षौंदेखि ओझेलमा परेको बाजुराको बडीमालिका नगरपालिका ढम्कनेस्थित पर्यटकीय गन्तव्य पोरखे लेक यात्राको अन्तिम तयारी भइरहेको छ।

बडीमालिका नगरपालिकाको आयोजनामा फागुन २ गते सो क्षेत्रमा गएर अध्ययन तथा भ्रमण गरी पर्यटन क्षेत्रको प्रचारप्रसार गर्ने साथै आन्तरिक पर्यटन प्रवर्द्धन गर्न उक्त क्षेत्रमा एकै दिन हजार जना पुर्‍याउने उद्देश्यका साथ सो ठाउँमा जिल्लाका सबै क्षेत्रका व्यक्तिहरूलाई लगिने नगरप्रमुख पदम बडुवालले बताएका छन्।

आन्तरिक पर्यटकका लागि मार्तडीदेखि ढम्कनेसम्म पाइने स्थानीय परिकारका खानेकुराहरूको बन्दोबस्तसमेत गरेको वडा नं. ७ का अध्यक्ष धर्मराज उपाध्यायले बताए।

प्राकृतिक सुन्दरताले भरिएको सो ठाउँमा यतिखेर बाक्लो हिमपातले चारैतिरको दृश्य निकै मनमोहक देखिएका छन्। उक्त क्षेत्रको नजिकबाट अध्ययन अवलोकन गरी यसलाई बाह्य पर्यटकहरूको ध्यानाकर्षण बढाउनका लागि व्यापक प्रचारप्रसार गर्ने नगरपालिकाले जनाएको छ। चारैतिर निकै राम्रो हरियाली जङ्गल, सिमसिम्याईला चौर तथा बीचमा बाजुराकै अग्लो त्रिशूल रहेको यस क्षेत्रलाई हाल पोरखे लेक नामले समेत चिनिने गर्दछ। आजभोलि  पोरखे लेकसम्म सडकको पहुँच पुग्न थाले पछि यस क्षेत्रमा आन्तरिक पर्यटकको आकर्षकको केन्द्र बन्न पुगेको छ।

ऐतिहासिक गढीका रूपमा रहेको यस क्षेत्रमा बाजुराकै अग्लो कालाजग्रा सन्तोषी माता, गुफाताल रहेका छन्। कालाजग्रा मन्दिर लगायतका धार्मिकस्थलसमेत रहेकाले यो क्षेत्र धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलसमेत बन्दै गएको स्थानीयले बताउने गरेका छन्।

कालाजग्रा गुफा ताल तथा पोरखे लेकलाई पर्यटकीय क्षेत्र बनाउने पहलमा लाग्न सम्पूर्ण सबै सरोकारवालाहरू तथा नजिकका स्थानीयलाई आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्न बडीमालिका  नगरपालिकाले आग्रह गरेको छ।

पुर्खौंदेखि सुनसान रहेको यस क्षेत्रमा आजभोलिका दिनहरूमा घुम्न जानेको सङ्ख्यामा समेत वृद्धि भएको र यसलाई व्यवस्थापनमा नगरपालिकाले गर्न सकिने सहयोगलाई मध्इनजर गर्नुका साथै प्रचार प्रसार गर्नुपर्ने भएकोले सो कार्यक्रम गर्न थालिएको प्रमुख बडुवालले बताए।

भम्रणमा जानका लागि पत्रकार, गैरसरकारी संस्था उद्योग वाणिज्य सङ्घ शैक्षिक संस्था राजनीतिक दल लगायतको उपस्थिति रहने गरी कार्यक्रमको तय गरिएको वडीमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए।

कार्यक्रममा जिल्ला स्थित सरोकारवाला निकायहरूको सहकार्यमा त्यस क्षेत्रको स्थानीय उत्पादनको प्रवर्द्धन  र गन्तव्य पोरखे भनेर कार्यक्रमको तयारीका साथ फागुन २ गते बिहान ८ बजे भ्रमण टोली प्रस्थान गर्ने नगरपालिकाले बताएको छ।

पोरखे लेकमा यतिबेला हिउँसमेत जमेकोले त्यहाँ जाने टोलीले हिउँ खेलेर रमाइलो गर्ने देउडा खेल, भोटेसेलो घोडचढी र स्कटिङ लगायतका कार्यक्रम रहेको बताइएको छ। आन्तरिक र बाहृय पर्यटकीय गन्तव्य बनेपछि यस क्षेत्रका आसपास बडीमालिका नगरपालिका वडा न ७ को ढम्कने, बुढीनन्दा नगरपालिको अगाउँ पानी क्षेत्रको सीमा क्षेत्र रहकोले यो क्षेत्रको पर्यटन प्रवर्द्धन गरे जिल्लाको लागि फाइदा पुग्ने नगर उपप्रमुख कविता विष्टले बताए।

यस क्षेत्रमा पर्यटकको आगमन बढेपछि विभिन्न पसल, व्यवसाय सञ्चालन तथा होटेल र लज पनि खुल्न सक्ने भएको स्थानीयवासी लोकेन्द्र रोकायाले बताउनु भएको छ। विशेषगरि सो क्षेत्र शान्त एवम् मनोरम वातावरण, चारैतिर उपत्यका जस्तो देखिने ठाउँ हेर्दा निकै मन लोभिने खालको छ। अर्कोतिर घाँसे मैदान, विभिन्न ताल तलैयाहरूको मनोरम दृश्यावलोकन गर्न सकिने डाँडा, धार्मिक तथा ऐतिहासिक सम्पदा र पैदल यात्रीका लागि पनि सहज र सजिलो रहेको छ। खप्तडी पाटनदेखि सदरमुकाम हदै बाजुराको प्रमुख व्यापारी केन्द्र तथा एयरपोर्ट बजार कोल्टी पुग्न पनि सकिन्छ।

कोल्टीबाट कर्णाली क्षेत्रका कालिकोट, मुगुको रारा, हुम्ला जुम्लाको व्यापारिक बाटोको रूपमा चिनिने साथै सेती कर्णाली राजमार्गसमेतले चिनिने भएकाले यस क्षेत्र पर्यटकका लागि आकर्षकको स्थल बन्न सक्ने बडीमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए बताए।

यस क्षेत्रमा वनभोज गर्न पनि निकै राम्रो मानिन्छ। विभिन्न गीतका म्युजिक भिडियो तथा  चलचित्रको छायाङकनका लागि समेत यो क्षेत्र गन्तव्य बन्ने सक्ने सम्भावना निकै छ। जिल्ला नगरपालिका कार्यालय र सरकारले विकासका लागि चासो दिन सके जिल्लाकै विकट मानिएको यस क्षेत्रको मुहार फेरिने स्थानीय बताउँछन्।

छिनछिन मौसम परिवर्तन भइरहने कहिले पानी पर्ने, कहिले बादल देखा पर्ने कहिले घाम लाग्ने। अझ पुसदेखि फागुनसम्म सेताम्मे भएर हिउँले ढाकिने फाँट, अनि चारैतिरका सिमसिम्याईला फाँटको छेउमा मिलाएर रोपिएका जस्ता देखिने बुट्टाहरू, सेताम्मे हिउँका दृश्य, पोरखे गढी आसपासका क्षेत्रहरूलाई बाजुराको सबैभन्दा ठुलो बुढीगंगा नदिएको उद्यगमस्थलले पनि चिनिन्छ।

बाजुराको सदरमुकाम बडीमालिका नगरपालिका अर्थात् साबिकको मार्तडी क्षेत्रको अन्तिम सीमा क्षेत्र पनि हो। बाइसे र चौबिसे राज्य भएको बेला राजाले बनाएको दरबार पोरखे गढी हालसम्म भाग्न अवशेषको रूपमा त्यहाँ देख्न पाइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.