|

पोखरा : गण्डकी प्रदेश सरकारले विभिन्न शीर्षकमा ७९ लाख रुपैयाँ बाँड्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकबाट पारित गराएर प्रदेश सरकारले ८ वटा शीर्षकमा रकम बाँड्ने निर्णय गरेको हो।  प्रदेश सरकारले बाँडेको रकम पाउनेमा नेपाल पत्रकार महासंघदेखि पोखरा थिएटरसम्म छन्।

‘विभिन्न आठ शीर्षकमा रकम प्रदान गर्नका लागि मन्त्रिपरिषद्बाटै निर्णय भएको छ,’ गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले भने, ‘सहयोग खेलाडीको प्रोत्साहन बढाउनेदेखि पर्यटकिय क्षेत्रको प्रवर्द्धनसम्मको लागि गरिएको छ।’

प्रदेश सरकारले नेपाल पत्रकार महासंघलाई सबैभन्दा धेरै रकम वितरण गर्ने निर्णय गरेको छ। आगामी फागुन ९ र १० गते पोखरामा हुने नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा तथा विधान अधिवेशनको लागि मात्रै २३ लाख रुपैयाँ प्रदेश सरकारले दिने भएको हो।

स्वर्गीय सांसदको परिवारलाई १० लाख

त्यस्तै बाग्लुङबाट निर्वाचित भएका प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको परिवारलाई १० लाख रुपैयाँ प्रदान गर्ने मन्त्रिपरिषदको निर्णय छ। जनमोर्चाबाट निर्वाचित सांसद घर्तीको गत मंसिरमा भारतको नयाँ दिल्लीमा उपचारको क्रममा मृत्यु भएको थियो। त्यस्तै पोखरा थिएटरलाई १५ लाख, गजेन्द्र मोक्ष धामको लागि १० लाख, दृष्टिविहीन क्रिकेट खेलाडी सम्मानको लागि पाँच लाख, पोखरा म्याराथन दौडको लागि दुई लाख, साहरा एकेडेमीको नाममा दुई लाख, गण्डकी बहिरा संघलाई दुई लाख, दृष्टिविहिन क्रिकेट खेलाडी सम्मानको लागि पाँच लाख रुपैयाँ प्रदान गर्ने निर्णय मन्त्रिपरिषद्बाट भएको हो।

प्रदेश योजना आयोगले पूर्णता पायो

गण्डकी प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगले पूर्णता पाएको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले आयोगको सदस्यमा डा. भिमा ढुंगानालाई अर्थ विज्ञको रूपमा नियुक्त गरसँगै आयोगले पूर्णता पाएको हो। विरेन्द्र बहुमुखी क्याम्पसबाट अर्थ शास्त्रमा स्नातकोत्तर गरेकी ढुंगानाले जापानबाट कृषि अर्थशास्त्रमा पिएचडी गरेकी छन्। बाग्लुङमा जन्मेकी ४६ वर्षकी ढुंगानाको घर विवाह पछिको घर भने गोरखा हो। प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. गिरधारी शर्मा र सदस्य विष्णु रिजाल यस अघि नै नियुक्त भइसकेको छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.