|

मोरङ : व्याजदर वृद्धिको कारण जिल्ला उद्योग वाणिज्य संघहरूले चरणवद्ध आन्दोलन चलाए पनि नेपाल उद्यो० वाणिज्य महासंघले पनि १५ दिनको अल्टिमेटम दिएको छ। व्याजदरको विषयमा गरिएको अन्तरक्रियामा सहभागी हुन विराटनगर पुगेकी महासंघकी अध्यक्ष भवानी राणाले ब्याज घटाउनका लागि राष्ट्र बैंक र सरकारलाई १५ दिनको अल्टिमेटम दिएकी हुन्।

‘१५ दिनभित्र व्यवसायीको माग सम्बोधन भएन भने हामी देशभर एकैपटक आन्दोलनमा उत्रिन बाध्य हुनेछौं,’ अध्यक्ष राणाले भनिन्। मोरङ व्यापार संघ र उद्योग संगठन मोरङ उत्पादनमूलक औद्योगिक क्षेत्रको कर्जाको ब्याजदर ७ र व्यापार व्यवसायको ९ प्रतिशत कायम गरिनु पर्ने भन्दै माघ १३ गतेदेखि आन्दोलनमा छन् ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले व्याजदर तोक्न नमिल्ने र स्प्रेडदरको प्रयोग गरेर मात्रै नियन्त्रण गर्न सकिने बताए। शिवाकोटीले नियन्त्रण  गर्न नहुने बताए पछि व्यवसायी असन्तुष्टि जनाएको हुन्। व्यवसायीको आक्रोशपछि अध्यक्ष राणाले १५ दिनभित्र घटाउन माग गरेकी हुन्। अन्यथा बाध्य भएर आन्दोलन गर्ने उनले बताएकी थिइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.