|

संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको राजनीतिक विषयमा हस्तक्षेप गरेको भन्दै रुसले त्यसो नगर्न चेतावनी दिएको छ। रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले भेनेजुएलामा हाल जारी राजनीतिक संकटको विषयमा अमेरिकाले हस्तक्षेप गरेको आरोप लगाएका छन्।

उनले भेनेजुएलामा अमेरिकाले शक्ति प्रयोग गर्न खोजेको संकेत पनि गरेको छ। रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभले मंगलबार फोनमार्फत् अमेरिकी विदेशमन्त्री माइक पोम्पेओलाई सो चेतावनी दिएका हुन्। उक्त कुराको जानकारी रुसी विदेश मन्त्रालयले विज्ञप्तिमार्फत दिएको छ। रुसी विदेशमन्त्री लाभरोभले उक्त फोनवार्ताका क्रममा अमेरिकाले भेनेजुएलामा अझै हस्तक्षेप गर्ने हो भने उसले अन्तर्राष्ट्रिय कानुन उल्लंघनको मुद्दा व्यहोर्नुपर्ने चेतावनी पनि दिएका छन्।

गत महिना गुइदोले आफूलाई भेनेजुएलाको राष्ट्रपति नै घोषणा गरेपछि अमेरिकालगायत अन्य देशले हुवाँ गुएइदोलाई नै समर्थन गरेका थिए। आफूले विश्वका शक्ति राष्ट्रको समर्थन प्राप्त गरेको उनको दाबी छ। यहाँका राष्ट्रपति निकोलस मडुरोले आफू नै निर्वाचनबाट निर्वाचित राष्ट्रपति भएको बताउँदै आएका छन्।

यहाँका विपक्षी आन्दोलनकारीले राष्ट्रपति निकोलस मडुरोका विरुद्धमा प्रदर्शन गर्ने गरेका छन्। उनीहरूले आन्दोलनलाई थप चर्काउने चेतावनी दिँदै यहाँ निर्वाचनको माग गरेका थिए। उनीहरूले राष्ट्रपति मदुरोलाई तत्कालै निष्पक्ष निर्वाचन गर्न माग गरेका छन्। राष्ट्रपति मडुरोले भने विदेशीले अघि सारेको निर्वाचनको प्रस्तावलाई स्वीकार गर्न नसकिने बताएका छन्।

विपक्षीले तत्काल निर्वाचनको वातावरण नबनाएमा मडुरोलाई सहयोग गर्न नसक्ने चेतावनी दिएका छन् भने मडुरोले यहाँको संकट समाधानका लागि निर्वाचनको प्रस्ताव मान्न सक्ने अनुमान कमै मात्र गरिएको छ। भेनेजुएलामा पछिल्लो समयमा राजनीतिक संकट बढ्दो छ र उता गुएइदोले भने राष्ट्रपति मडुरोलाई अवैध दाबी गर्दै आएका छन्।

उनले गत महिनामात्र आफैँलाई अन्तरिम राष्ट्रपतिका रुपमा घोषणा गरेका थियो। उनको यो कदमलाई अमेरिका र अरू केही विदेशीले समर्थन गरेपछि यहाँको संकट बढेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.