|

काठमाडौं : नेपाली सेनाको उपरथी दर्जामा बढुवा हुने पाँच जना सहायक रथीलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। उपरथीमा बढुवा हुनेहरूमा  बालकृष्ण कार्की, सरोज प्रताप राणा, अनन्त कार्की, सीताराम खड्का र ताराध्वज पाण्डे रहेका छन्।

बुधबार जंगी अड्डा भद्रकालीमा आयोजित विशेष कार्यक्रमका बीच प्रधानसेनापति थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। माध २५ गते बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई उपरथी दर्जामा बढुवा गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.