|

काठमाडौं : हिरो गोल्डकपअन्तर्गत बुधबार सम्पन्न लिग चरणको अन्तिम खेलमा इरानलाई ३-० गोलअन्तरले पराजित गरेको छ।

भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा भएको खेलमा नेपालले इरानविरुद्ध फराकिलो जीत निकालेको हो। जीतसँगै नेपालको फाइनल यत्रासमेत बलियो बनेको छ। नेपालका लागि सावित्रा भण्डारीले दुई र अनिता बस्नेतले एक गोल गरिन्। सावित्राले खेलको ५९औँ तथा ८९औँ मिनेटमा गोल गरिन्।

यस्तै अनिताले खेलको ४१औँ मिनेटमा गोल गरेकी थिइन्। जीतसँगै ६ अङ्क जोड्दै नेपाल फाइनल पुगेको छ। सावित्राले भारतविरुद्धको खेलमा समेत दुई गोल गरेकी थिइन्। हारसँगै इरान प्रतियोगिताबाट बाहिरिएको छ।

नेपाल पहिलो खेलमा म्यान्मासँग ३–० गोलअन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भारतविरुद्ध २–१ को जीत निकालेको थियो। एक खेलमा जीत र एक खेलमा पराजित भारतको तीन अङ्क तथा म्यान्माले दुवै खेल जित्दै ६ अङ्क जोडेको छ। प्रतियोगितामा आयोजक भारत, इरान, नेपाल र म्यान्मा सहभागी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.