|

साफ च्याम्पियन्ससिपको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबलटिमले भारतमा जारी हिरो गोल्डकप फुटबलमा एतिहासिक सफल्ता हात पार्दै फाइनलमा पुग्न सफल भएको छ। बुधबार इरानलाई पराजित गरेको नेपाललाई फाइनल पुग्न म्यानमारले नेपाल सापेक्ष नतिजा निकाल्दै भारतलाई २–० ले पराजित गरेपछि नेपाल हिरो गोल्डकपको उपाधि नजिक पुगेको हो। बुधबार नेपालले बलियो प्रतिद्वन्द्वि इरानलाई ३–० ले पराजित गर्दा अर्को खेलमा आयोजक भारतमाथि  म्यानमारलाई जित्नै पर्ने दबाब थियो। 

फाइनलमा पुग्न सफल नेपाली महिला फुटबल टिमको यो उपलब्धी अन्तराष्ट्रिय सहभागितामा एतिहासिक हो। नेपालले अब उपाधिका लागि म्यानमारसँग प्रतिष्पर्धा गर्ने छ। समुहचरणमा नेपाल म्यानमारसँग पराजित भएको थियो। पहिलो खेलमा म्यानमारसँग पराजित भएपनि त्यसपछि नेपालले लगातार दुई खेलमा जित निकाल्दै फाइनल यात्रा तय गर्यो। समूह चरणको दोस्रो खेलमा भारतलाई २–१ ले पराजित गरेको नेपालले अन्तिम खेलमा बुधबार इरानलाई ३–०ले पाखा लगाउन सपफल भयाे।

समूह चरणमा म्यानमारले ३ खेलमा ३ जित दर्ता गर्दै समूह विजेताको रुपमा फाइनलमा स्थान बनायो । नेपालले ३ खेलमा २ जित र १ हारसहित ६ अंक बनाएर उपविजेताका रुपमा फाइनल पुग्न सफल भयो। भारत ३ खेलमा १ जित र २ हार सहित ३ अंक जोड्दै प्रतियोगिताबाट बाहिरिंदा अंकबिहिन इरान अंक तालिकाको पुछारमा रहयो।

भुवनेश्व्रमा भइरहेको प्रतियोगितामा नेपालले उपाधिको लागि शुक्रबार म्यान्मारविरुद्ध खेल्नेछ। नेपालले प्रतियोगिताको पहिलो खेलमा म्यानमारसँग ३–० को हार बेहोरेको थियो। त्यसअघि नोभेम्बरमा भएको ओलम्पिक छनोट खेलमा नेपाल र म्यानमारको खेल १–१ को बराबरीमा सकिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.