|

सुनसरी : धरानमा जारी बुढासुब्बा गोल्डकप प्रतियोगिताको सेमिफाइनलका खेल बिहिबारदेखि सुरु हुँदैछन्। पहिलो सेमिफाइनल खेल आयोजक धरान फुटबल क्लब र संकटा क्लब काठमाडौंबीच हुने छ। खेल दिउँसो ३ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।

धरान र संकटाबीचको खेलमा विजेता टोलीले उपाधिका लागि शुक्रबार हुने नेपाल पुलिस क्लब र क्यामरुनको दाफिन्स फेमिली क्लबबीचको विजेतासँग प्रतिष्पर्धा गर्नेछ। बुधबार भएको खेलमा दाफिन्सले एपिएफ क्बलमाथि २–० गोल अन्तरले जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो। यस्तै, पुलिसले पोखराको सहारा क्लबलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो। 

शनिबार हुने फाइनल खेलको विजेतले आठ लाख र उपविजेताले चार लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.