|
फाइल फोटो

लहान : सप्तरीको पूर्वी भेगमा पर्ने कञ्चनरुप नगरपालिका १० मा चुरे जङ्गल क्षेत्रबाट आएको चितुवाको आक्रमणमा बुधबार दुई महिलासहित पाँच जना घाइते भएका छन्। 

कञ्चनरूप नगरपालिका १२ मा पर्ने जङ्गल क्षेत्रबाट गाउँ पसेको पाटे चितुवाको आक्रमणमा स्थानीय पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। घाइतेमध्ये गम्भीर अवस्थाका चार जनालाई थप उपचारका लागि विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार चितुवाको आक्रमणमा बाँया तिघ्रा र घुँडामा चोट लागेकी कञ्चनरूप नगरपालिका १० की ६० वर्षीया राजवतीदेवी चौधरीको स्थानीय धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ। चितुवाको आक्रमणमा अर्का घाइते ३७ वर्षीय भरत चौधरीको दाहिने हातको नाडीमा चोट लागेको र स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरी विराटनगरस्थित गोल्डेन अस्पताल रेफर गरिएको छ। 

त्यस्तै, शरीरको विभिन्न भागमा चोट लागेका हिरानन्द चौधरी, महावती चौधरी र सत्यनारायण चौधरीको पनि शरीरको विभिन्न भागमा चोट लागेकाले थप उपचारका लागि गोल्डेन अस्पताल विराटनगर 'रेफर' गरिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

गाउँमा चितुवा पसेको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय कञ्चनपुर, कोशीटप्पु वन्यजन्तु आरक्ष पथरी पोष्टबाट रेञ्जरसहितको टोलीले भरहा गाउँ पुगेर घाइतेको उद्धारसँगै चितुवालाई जालमा पारेपछि कोशी टप्पु वन्यजन्तु आरक्ष लगेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.