|

लमजुङ : नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा बाबुराम भट्टराईले आफू पनि गर्न नसक्ने अरुलाई पनि गर्न नदिने शीर्ष नेताहरूको शैलीले देशको समृद्धिको अभियान अवरुद्ध भइरहेको बताएका छन्। 

सत्तारूढ नेकपाभित्र दुई अध्यक्षको मनमुटाव भइरहँदा डा भट्टटराईको यो अभिव्यक्तिले प्रधानमन्त्री केपी ओलीलाई लक्षित गरेको देखिन्छ। हिजो मात्रै २४ औं जनयुद्ध दिवसका अवसरमा डा भट्टराईले आफू र सशस्त्र जनयुद्धमा सहयात्रा गरेका प्रचण्डसँगैको फोटो राख्दै आफूहरू मिल्न सक्ने संकेत गरेका छन्। एकमहिने जनसंवाद यात्राअन्तर्गत बिहीबार लमजुङको सुन्दरबजार पुगेका भट्टराईलेले इतिहासको कथा सुनाएर विकास हुँदैन भन्दै आफूले क्षमता विकास गर्न सक्नुपर्‍यो नसके नयाँ पुस्तालाई मार्गप्रशस्त गर्नुपर्‍यो भनेका छन्। त्यस्तै कुर्सी ओगटेर देशलाई पछाडि नधकेल्न पनि सुझाव दिएका छन्। 

लडाइँ र क्रान्तिमा अब्बल देखिएका नेताहरू विकास र समृद्धिको नेतृत्व गर्न कमजोर देखिएको आरोप भट्टराइको आरोप थियो। आउँदा केही दशकहरू असाध्यै महत्वपूर्ण हुने भन्दै राजनीतिक नेतृत्वले यसलाई ध्यान दिन नसक्दा मुलुक थप पछाडि पर्ने तर्क थियो।

क्रान्तिको नेतृत्व गर्ने क्रान्तिकारीहरू सत्तामा पुगेपछि विचलित हुन पुगेको भन्दै भट्टराईले आन्दोलनमा ज्यानै दिन तयार हुनेहरू सत्तामा पुगेपछि जनताविरुद्ध काम गर्न थालेको र सत्ताको  चास्नीमा डुब्नेको आरोपसमेत लगाए। 

लोकतन्त्रको विकल्प निरंकुशता नहुने भन्दै डा भट्टराईले लोकतन्त्रलाई  लोकतन्त्रलाई बलियो बनाउन नागरिकका ठूलो भूमिका समेत रहने भट्टराईको तर्क थियो संघीयता खोस्ने दुस्प्रयास भइरहेको भन्दै भट्टराईले आफ्नो पार्टी भनेर चुप नबस्न समेत स्थानीय जनप्रतिनिधिलाई आग्रह गरे। 

भ्रष्टाचारलाई क्यान्सर भन्दै उनले भने, ‘अरूलाई लाग्दा राम्रो आफूलाई लाग्दा नराम्रो भन्ने सोच सबैले त्यागौँ। मुलुकमा ठूला ठूला काण्डहरू घटिरहेका छन्। तर, आफ्नो नेताले गरेको भन्नुभयो र तपाईंहरू चुप लाग्नुभयो भने  देश बिगार्न नेताको मात्र होइन, तपाईंहरूको पनि भूमिका हुन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.