|

लहान : सप्तरीको विभिन्न चार ठाउँमा दुई दिनको अवधिमा चार जनाको मृत्यु भएको  छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सप्तरीको शम्भुनाथ, कञ्चनरुप र बोदेबर्साइन नगरपालिकामा पछिल्लो माघ २९ गते एक किशोरीसहित दुई जनाको झुण्डिएर मृत्यु भएको छ भने छिन्नमस्ता गाउँपालिकामा ७० वर्षीया वृद्धको बेवारिसे शव भेटिएको छ। बोदेबर्साइन नगरपालिका ८ काचन बस्ने ३६ वर्षीय महेश्वर दास आफ्नै घरको छानाको बलोमा झुण्डिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बोदेबर्साइनले जनाएको छ।

शम्भुनाथ नगरपालिका ६ भंगाहास्थित सबनम इँटा उद्योगमा भारतीय किशोरीको झुडिएर मृत्यु भएको छ। भारतको युपी जिल्ला संहजापुर ग्राम पंचायत जङ्रापुर घर भई उद्योगमा काम गर्दै आएका प्रेम पालकी छोरी १५ वर्षीया बौवा पालको उद्योग परिसरमा बनाइएको टहराको बलोमा सलको पासो लगाई झुण्डिर मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै, सोही दिन कञ्चनरुप नगरपालिका ५ बस्ने बेचन सरदारका छोरा ३४ वर्षीय छुतहरु सरदारको घरनजिकै कोशी टप्पु क्षेत्रमा पर्ने खयरको रुखमा डोरीमा झुण्डिएर मृत्यु भएको छ भने छिन्नमस्ता गाउँपालिका ३ स्थित छिन्नमस्ता मन्दिर परिसरमा भक्तजनहरुसँग मागेर गुजारा गर्दै आएकी करिब ७० वर्षीया बृद्धाको शव भेटिएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको  जनाएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.