|

काठमाडौं : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र त्यसअन्तर्गत सञ्चालित वीर अस्पताल तथा ट्रमा सेन्टरमा रिक्त पदाधिकारी तत्काल नियुक्ति गर्न चिविराप्र कर्मचारी युनियनले सरकारसँग माग गरेको छ।

उनीहरूले न्याम्स र त्यसअन्तरगर्तका कतिपय निकायमा एक सय ९० दिन देखि पदाधिकारीविहीन भएको भन्दै आजबाट दैनिक एक घण्टा धर्ना दिने कार्यसमेत शुरु गरेका हुन्। युनियनका सचिव दीपक मुडभरीले न्याम्सका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली र सहकुलपति एवं उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवको ध्यानाकर्षण गराउन आजबाट अनिश्चित कालिन एकघण्टे धर्ना शुरु गरेको बताए।

उनले भने, 'यति ठूलो संस्थामा पदाधिकारी रिक्त रहेको यति धेरै समय हुदाँ सम्म पधाधिकारीहरुको नियुक्ती नभए पछि हामीले विरामीलाई असर नपर्ने गरी दिउसो ए देखि दुई बजेसम्म धर्ना बस्ने गरेका हौँ अब यो कार्य नियुक्ती नहुँदासम्म जारी रहन्छ।’ त्यसो त रिक्त रहेको न्याम्सको उपकुलपति नियुक्ति गर्न सहकुलपति रहेका उपप्रधान एवं स्वास्थ्य मन्त्री यादवले करीब ४ महिना अघि नै तीन जनाको नाम सिफारिस गरेका छन्।

प्राडा डीएन साह, प्राडा ढुण्डी पौडेल र प्राडा अजित रायमाझीमध्येबाट एक जनालाई नियुक्त गर्नु भन्दै नाम सिफारिस भएको हो। असारदेखि ल्याम्समा उपकुलपति र असोजदेखि वीर अस्पतालमा निर्देशको पद रिक्त छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.