|

काठमाडौं : रोगको कुनै आँखा हुँदैन। रोगले कुनै भाषा, वर्ग, उमेर पनि हेर्दैन। रोगले आक्रान्त बनेर सहरदेखि गाउँका अस्पतालदेखि स्वास्थ्य चौकीहरू भरिभराउ छन्। बिहीबार सिभिल अस्पतालमा बिरामीको भिड उस्तै थियो। कोही बिरामीका कुरूवा थिए भने कोही स्वयं बिरामी थिए। कोही डाक्टर आउने समय कुर्दै थिए। तिनैमध्ये एक थिए, भैरवी गाउँपालिका वडा नम्बर ५ दैलेख घर भएका गणेश शाही।

विगत एक वर्षदेखि उनी सिभिल अस्पतालको कोठा नम्बर ११२ मा उपचारत छन्। उनलाई ब्लड क्यान्सर भएको छ। सुर्खेतको जन उच्च माविमा व्यवस्थापन पढ्दापढ्दै उनलाई यो रोगले समातेको हो। विपन्न परिवारमा जन्मेका उनी घरका कान्छा छोरा हुन्। एक वर्षको अवधिमा उनको २० लाखभन्दा बढी खर्च भइसकेको छ।

छोराको उपचार गर्दा घरखेत सब सकियो।' शाहीका बुबा चक्रबहादुर शाही बताउँछन्।  २० वर्षको उमेरमा नै बिरामीले थला परेपछि सुरूमा सुर्खेतमै उपचार गरे। सुर्खेतपछि अल्कामा चार दिन राखे। त्यसपछि सिभिल अस्पतालमा उपचार गरिरहेका छन्। उनलाई विशेष पौडेलको चिकित्सक टोलीले उपचार गरिरहेको छ।

शाहीका अनुसार गणेशको बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने चिकित्सकले बताए पनि आफूसँग छोराको उपचार गर्न आर्थिक स्रोत नभएको दुखेसो गर्छन्। उनी भन्‍छन्, 'उपचारको क्रममा घरखेत सबै बेचियो। अब परिवारसँग एक सुको पनि छैन। चिकित्सकले बिरामी हेरेर ३० देखि चालिस ४० लाग्ने भन्नुभएको छ।'

छोराको उपचार एकातिर छँदै छ। काठमाडौंमा पनि उनको कोही छैन। सधैँ क्यान्टिनको खाना खाइरहे पनि आफूसँग पैसा नभएर एक छाकमा दिन गुजारिरहेको बताउँछन् उनी। उनी आँखा टिलपिल गर्दै भन्छन्, 'खानामा पैसा कटौती गर्दा छोराको औषधि पनि किन्न सहज हुन्छ कि भन्ने लाग्छ।

उनले छोराको उपचारको लागि आफ्नो गाउँपालिका, प्रदेशमा समेत सहयोगको अपिल गरे पनि कुनै सहयोग नभएको उनी बताउँछन्। उनी आफ्नो छोराको जीवन बचाउन सहयोग गरिदिन सबैलाई आग्रह गर्छन्। गाउँमा शाहीकी आमा छोराको क्यान्सरलाई जितेर फर्किएको हेर्न चाहन्छिन्। श्रीमती छोरालाई निको भयो कि नाइँ भन्दै फोन गरिरहन्छिन् उनीसँग छोराको उपचार गर्ने पैसा पनि छैन।

यदि तपाईंहरूलाई कसैलाई गणेश शाहीको उपचार होस् भन्ने चाहनुहुन्छ भने कृपया राष्ट्रिय वाणिज्य बैंकको मैतीदेवी शाखाको खाता नम्बर १५५००१७२९३१० सक्दो सहयोग गर्न सक्नुहुनेछ। अथवा ९८५८०५१०४४,९८६३४६५५४५ मा सम्पर्क गर्न सक्नुहुनेछ। सेवा नै धर्म हो। तपाईंहरूको सानो सहयोगले कसैको गुम्न लागेको खुसी फर्कन सक्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.