|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अब खल्तीमा पैसा नभएको नेपाली नहुने बताएका छन्। जनताको जलविद्युत आयोजना कार्यक्रमको सुरुवातको क्रममा बिहीबार प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 

'खल्तीमा ठ्याम्मै पैसा नभएको नेपाली अब कोही हुँदैन' ओलीलले भने, 'कसैको खल्तीमा पैसा भएन भने सरकारले केही हाल्दिएर पनि पैसा भएको नेपाली बनाउछौँ।'

प्रधानमन्त्री ओलीलले बुधबारबाट सुरू गरिएको प्रधामन्त्री रोजगार कार्यक्रममले खल्तीमा पैसा नभएको व्यक्ति नुहने अवस्था आएको बताएका हुन्। ओलीले भएको पैसालाई सदुपयोग गर्नसमेत आग्रह गरेका छन्। 

कुनै समय १९ रुपैयाँ तोला सुन पाइनेमा अहिले १९ रुपैयामा सुन छुन मात्रै पाइने भएको भन्दै पैसाको महत्व चिन्नका लागि समयमै उचित क्षेत्रमा लगानी गर्नुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.