|

काठमाडौं : धनगढी प्रिमियर लिगमा लगातार दुई खेलमा जित निकालेको रुपन्देही च्यालेन्जर्स तेस्रो खेलमा पराजित भएको छ। यता सिवाइसी अतरियाले भने लगातार दोस्रो जित निकालेको छ। बिहीबार धनगढीस्थित फाप्ला मैदानमा भएको खेलमा अतरियाले ३९ रनको सहज जित निकालेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको अतरियाले कप्तान दिपेन्द्र सिंह ऐरिको कप्तानी पारीमा निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २१ रन बनायो। ऐरिले बाबर हायतबाट रनआउट हुनु अघि ५० बलमा १० चौका र १ छक्काको मद्दतमा ६७ रन बनाएका थिए। उनीबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन भने गतिलो रहेन। उसका लागि थप दोहोरो स्कोरका रूपमा सुभेन्दु पाण्डे, रित गौतम र सनि पटेलले समान १२ रन बनाए। अन्य ७ ब्याट्सम्यान दोहोरो स्कोर बनाउन असफल भए। रुपन्देहीका ललित भण्डारीले ३ विकेट लिएका थिए।

१ सय २२ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको रुपन्देही खेलमा चल्न सकेन्। २० ओभरमा अलाउट हुँदा रुपन्देहीले जम्मा ८२ रनमात्र बनाउन सकेको थियो। उसका लागि सुमित महर्जनको २२ रन सर्वाधिक रह्यो। ओपनर प्रदीप ऐरीले १४ र सन्दीप सुनारले १५ रन बनाएका थिए। रुपन्देहीका कुनै पनि ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । रुपन्देहीको इनिङ ध्वस्त पार्न सन्नि पटेल, भुवन कार्की, दिपेन्द्र सिंह ऐरी र दिपेन्द्र रावतले समान २–२ विकेट लिएका थिए।

रोमाञ्चक बन्दै गएका डिपिएलको लिग अंक तालिकामा अतरियासँगै काठमाडौं र रुपेन्देहीको समान ४ अंक भएको छ। विराटनगर किंग्सको २ अंक रहेको छ। महेन्द्रनगर र धनगढीले खाता खोल्न सकेका छैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.