|

कञ्चनपुर : कञ्चनपुर प्रहरीले ठूलो मात्रमा अवैध सुन बरामद गरेको छ। प्रहरीले कञ्चनपुरको पुर्नबास नगरपालिका २ दशरथ बस्तीबाट बिहीबार बिहान १८ किलो बरामद गरेको हो।

केन्द्रीय अनुसन्धान व्यूरो, अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुको टोलीले उक्त परिमाणको सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले जानकारी दिए। उनका अनुसार बिहीबार बिहान करिब ११ बजे सुन बरामद भएको हो।

अनुसन्धानको लागि एक जना पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ। पक्राउ गरिएको व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन। विस्तृत विवरण आउन बाँकी रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.