|

काठमाडौं : देशभर शनिबारसम्म नै मौसममा आंशिकदेखि सामान्य बदली भई पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको  मौसममा आंशिकदेखि सामान्य बदली देखिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशको पश्चिमी भू-भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ। पूर्व र मध्य नेपालमा सामान्य बदली रही मध्य र पूर्वका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको समेत महाशाखाले बताएको छ।

बिहीबार : देशको पश्चिमी भू-भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ। महाशाखाले पूर्व र मध्य नेपालमा सामान्य बदली रही मध्य र पूर्वका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको प्रक्षेपण गरेको छ। देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शुक्रबार : देशको अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही पश्चिमी र पूर्वी भू-भागका केहि स्थानहरूमा क्षणिक वर्षा हुनुको साथै उच्च पहाडी र हिमाली भेगहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको बताइएको छ।

शनिबार : देशको अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही पश्चिमी र मध्य भू-भागका थोरै स्थानहरूमा क्षणिक वर्षाको सम्भावना रहेको छ। पूर्वी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ।

महाशाखाको पछिल्लो विवरणानुसार बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ७.७ तथा अधिकतम तापक्रम २१.८ डिग्री सेल्सियस छ। जुम्लाको न्यूनतम तापक्रम २.२ डिग्रीमा झरेको छ। सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २९ डिग्री सेल्सियस छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.