|

चितवन : गैंडाको आक्रमणबाट चितवनको माडीमा एक वृद्धा घाइते भएकी छन। माडी नगरपालीका २ गर्दिकी ५९ वर्षीय वृद्धा बुद्धिमाया परियारलाई आफ्नै बारीमा काम गरी रहेका समयमा गैंडाले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

घाइते परियारको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको छ। परियारको कम्मर र हात खुट्टामा चोट लागेको छ। नजिकैको जंगलबाट आएको गैँडाले बिहीबार दिउँसो पौने १ बजे वृद्धालाई आक्रमण गरी घाइते बनाएका हाे। होहल्ला गरेपछि गैंडा पुन जंगलतर्फ भागेको र घाइते वृद्धलाई उद्धार गरी उपचारका लागि अस्पतालतर्फ लगिएको स्थानीयको भनाई छ। यसैबीच माडी नगरपालिका २ का वडा अध्यक्ष ईश्वरीप्रसाद ढकालले वन्यजन्तुको आक्रमणबाट घाइते भएकाको उपचारका लागि वडाको सिफारिसमा नगरपालिकाले आवश्यक उपचार खर्च दिने बताएका छन्।

चितवन राष्ट्रिय निकुञ्ज पाँच पाण्डव मध्यवर्ती उपभोक्ता समितिमार्फत तत्काल विरामीको अवस्था हेरी एकलाख २० हजार सम्मको खर्च दिने व्यवस्था पनि रहेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.