|

काठमाडौं : कञ्चनपुरबाट प्रहरीले १८ किलो सुनसहित पक्राउ गरेका दुईजनाको नाम खुलेको बताएको छ। केन्द्रीय अनुसन्धान व्यूरो, अपराध अनुसन्धान महाशाखा, जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुको टोलीले सुन बरामद गरेको थियो। सुनसँगै पक्राउ पर्नेहरूमा चक्र तिरुवा र सुरज तिरुवा रहेको सिआइवी स्रोतले जानकारी दिएको छ।

कञ्चनपुरको पुनर्वास नगरपालिका २ दशरथ बस्तीस्थित शंकर विकको घरबाट सुन बरामद गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाका अनुसार बिहीबार बिहान करिब ११ बजे सुन बरामद गरिएको हो। घरमा लुकाएर राखेको अवस्थामा १०८ टुक्रा सुनको बिस्कुट फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको सुन र पक्राउ परेका व्यक्तिहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कञ्चनपुरमा यसरी आइपुग्यो १८ किलो सुन 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.