|

सुनसरी : आयोजक धरान फुटवल क्लब बुढासुब्बा गोल्डकप फुटवलको फाइनलमा प्रवेश गरेको छ। धरान रंगशालामा बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा ए डिभिजन लिग उपविजेता शंकटा क्लब काठमाडाैंलाई पराजित गर्दै धरान उपाधिनजिक पुगेको हो। 

संकटालाई पराजित गर्न आयोजक धरानले भने पेनाल्टी सुटआउट नै कुर्नुपर्‍याे। पेनाल्टीमा संकटालाई ४–३ गोलअन्तरले पाखा लगाउँदै आयोजक उपाधि २१‌‌ औं संस्करणको बुढासुब्बा गोल्डकपको उपाधिनजिक पुगेको हो। अब आयोजकले उपाधिका लागि शुक्रबार हुने विभागीय टोली नेपाल पुलिस क्लब र क्यामरेनी फुटबल टोली डउफिन्स क्लबबीच हुने खेलको बिजेतासँग शनिबार प्रतिस्पर्धा गर्नेछ। 

धरान रंगशालामा घरेलु दर्शकको समर्थनमा मैदान उत्रिएको आयोजकलाई जिताउन गोल किपर बिनय श्रेष्ठ नायक बने। पेनाल्टीमा शंकटाका सेड्रक आब्बा र सरोज दाहालको प्रहार उत्कृष्ट रुपमा बचाएका श्रेष्ठ म्यान अफ द म्याच हुँदै नगद १५ हजार हात पारे। आयोजकका योगेश राई, दोर्जे तामाङ, वर्तमान राई र मिलन राईले गोल गरे।

हेमन्त थापामगरको प्रहार भने संकटाका गोलकिपर राजाबाबु थापाले बचाए। निर्धारित समयमा गोलरहित बराबरी भएपछि पेनाल्टी सुट आउटबाट निर्णय लिइएको हो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.