|

दाङ : दाङमा अनौठो समस्या देखिएको बच्चा जन्मिएको छ। दाङ राजपुर स्वास्थ्य चौकीमा बुधबार साँझ साढे ७ बजे जन्मिएको एउटा बच्चामा ३ वटा समस्या देखिएको छ। यस्तो समस्या देखिएको बच्चा जन्मिने घटना बिरलै हुने गरेको राजपुर स्वास्थ्य चौकीका निमीत्त प्रमुख खिमबहादुर रावतले बताए।

उक्त बच्चा छातीदेखि तलतिरको अंग ढाक्ने छाला परिपक्क नभएको, दिशापिसाब गर्ने अंग नखुलेको तथा पछाडिको भागमा धेरै पानी जम्मा भएको अवस्थामा जन्मिएको हो। यस्तो समस्या भएको बच्चा नेपालमा अपवादको रुपमा मात्रै जन्मिने गरेको उनले बताए। आमामा फोलिकएसिडको कमी, आमाले धूमपान, मद्यपान गर्ने तथा धूमपान गर्ने मानिसको नजिक हुँदा यस्तो समस्या देखिने उनले बताए।

आमा गर्भवती भएको ७ महिनामै जन्मिएको उक्त बच्चा जन्मदा जीवितै भए पनि जन्मेको केही समयपछि मृत्यु भएको उनले बताए। उनका अनुसार बच्चाको विषयमा थप अध्ययन गर्नका लागि त्यसको भिडियो बनाएर काठमाडौं लगिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.