|

बाँके : प्रदेश ५ स्थापना भएको एक वर्ष पुगेको अवसर पारेर पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कोहलपुर–शिवखोला सडक खण्डमा सफाई गरिएको छ। स्थापना दिवसको अवसरमा प्रदेश सरकारले राजमार्ग क्षेत्रको सरसफाई गर्न परिपत्र गरे अनुसार सफाई कार्यक्रम गरिएको हो। 

अभियानअन्तर्गत पूर्व नवलपरासीदेखि पश्चिम बर्दियासम्म एकै साथ राजमार्ग सफाइ गरिएको हाे। फागुन ४ गतेसम्म मनाउने स्थापना दिवसको बिहीबार पहिलो दिन प्रदेश सरकारले सरसफाईलाई अभियानको रुपमा लिएको छ। सरसफाई अभियानलाई निरन्तर जारी राख्ने आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले जानकारी दिए। 

प्रदेश सरकारले स्थापना दिवसको अवसरमा शुक्रबार सार्वजनिक सार्वजनिक विदा दिने घोषणा गरेको छ। बाँकेस्थित राजमार्ग सरसफाईको आयोजना नेपाली सेना मध्यपश्चिम पृतनाले गरेको हो। श्री नम्बर ४ बाहिनी अड्डा नेपालगन्ज, बाँके राष्ट्रिय निकुञ्ज, श्री मेहर गण, भैरब प्रसाद गण, जिल्ला प्रहरी कार्यालय बाँके, सशस्त्र प्रहरी ३० नम्बर गण, कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका, इलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको सहकार्यमा बृहत राजमार्ग सरसफाई  गरिएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.