|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार राति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनवार्ता गरेका छन।

भारत प्रशासित जम्मू कस्मीरमा भारतीय सुरक्षाबलमाथि भएको हमलालाई लिएर प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई फोन गरेका हुन्। बिहीबार साँझ भएको हमलामा भारतीय सुरक्षाबलका ४० भन्दा बढी जवान र अधिकारीको मृत्यु भएको थियो।

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्रीलाई फोन गरेर आतंकवादको विरुद्धमा नेपाल सधैँ रहेको र भारतको साथमा रहेको बताए।

सामाजिक संजाल ट्विटरमा प्रधानमन्त्री ओलीले मोदीसँगको कुराकानीमा भारतीय सुरक्षाबलमाथि भएको हमलाको भर्त्सना गरेको र मृतकका परिवारलाई समवेदना दिनका लागि फोन गरेको उल्लेख गरेका छन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.