|

काठमाडौं : भू–मध्य सागरको वायुको प्रभावले फेरी देशैभरको मौसम प्रभावित भएको छ। यसैको प्रभावले गत साताझै मध्यमदेखि हल्का वर्षा र हिमपात फेरि दोहोरिएको छ।

नेपाल समाचारपत्र दैनिक लेख्छ उच्च पहाडी र हिमाली भेगमा यो क्रम अझै केही दिन जारी रहने भएको छ। भू–मध्य सागरको उच्चवायु मण्डलमा विकास भएको प्रणालीको असरले देशैभरको मौसमलाई प्रभावित बनाएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले जानकारी दिए।

निरन्तर ठूलो वर्षाको सम्भावना नरहेपनि छिटफुट र मध्यम वर्षा दोहोरिने बताउँदै उनले भने,‘अब २\३ दिन मौसम प्रष्ट खुल्ने छैन, घमाइला दिन खासै हुने छैनन्, मौसम गडबड भइरहन्छ।’

यसको प्रभावले सुधारोन्मुख तापक्रम फेरी घट्ने रिमालले बताउनुभयो। सिरिया, इरान, अफगानिस्तान, पाकिस्तान, उत्तरपश्चिम भारत हुँदै मंगलबार बेलुका सुदूर पश्चिम भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीको असरले बुधबारदेखि नै पश्चिमी भेगको मौसम प्रभावित बनाएको छ। महाशाखाले सार्वजनिक गरेको बुलेटिन अनुसार शनिवारसम्म मौसम प्रत्यक्ष प्रभावित रहने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.