|

युरोपा लिग फुटबलमा इंग्लिस क्लब आर्सनलले अप्रत्यासित हार व्यहोरेको छ। राउन्ड अफ ३२ को खेलमानै आर्सनल पराजित हुन पुग्यो। आर्सनल बेलारुसको क्लब बेत बोरिसोभ विरुद्धको पहिलो लेगमा १–० ले पराजित भयो।

बोरिसोभको मैदान बोरिसोभ ऐरेनामा भएको खेलमा पहिलो हाफको अन्तिम मिनेटमा घरेलु टोलीले लिएको एक गोलको अग्रता नै निर्णायक बनेको थियो। इगोर स्टासेभिचको फ्रिकिकमा स्टानिस्लाभ ड्रागुनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको सुरुवातमै आर्सनलका एलेक्जेन्डर लाकाजेटले गरेको गोलले मान्यता नपाउँदा सम्भावित बराबरीबाट आर्सनल चुकेको थियो।

खेलको अन्तिम पाँच मिनेट बाँकी रहँदा लाकाजेट सिधै रातो कार्ड खाँदै मैदान छाड्न बाध्य भए। उनले एलेक्जेन्डर फिलिपोभिचलाई कुइनोले हानेपछि रेफ्रीले मैदानबाहिर पठाएका थिए। यो जितसँगै बाटेले पहिलो पटक इंग्लिस टोलीलाई पराजित गर्ने इतिहास समेत बनाएको छ। दोस्रो लेग आर्सनलको घरेलु मैदानमा हुनेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.