|

अन्तराष्ट्रिय उपाधिविहिन नेपाली महिला टिम पहिलो उपाधिका लागि  म्यानमारविरुद्ध प्रतिष्पर्धा गर्दै छ। हिरो महिला गोल्डकप फुटबलमा अन्तिम चरणमा लगातार दुई खेलमा जित निकालेपछि नेपाल फाइनलमा पुग्न सफल भएको थियो। खेल नेपाली समयानुसार साँझ ६:१५ बजे सुरु हुनेछ।

प्रतियोगितामा एकमात्र हार सामना गरेको नेपालले कुनै पनि खेल नहारेको म्यानमारसँग समुहचरणको हारको बदला लिने दाउमा रहेको छ। नेपाल म्यानमारविरुद्ध उत्रंदा स्वभाविक रुपमा आत्माविश्वासका साथमा मैदानमा हुने छ।

प्रतियोगितामा आफ्नो पहिलो खेलमा म्यानमारसँग ३–० ले पराजित भएकाले पनि नेपाल संयमित भएर फाइनलमा उत्रने छ। जारी प्रतियोगितामा सर्वाधिक गोलकर्ता सावित्रा भण्डारीले नेपाल इतिहास बनाउनउद्धत रहेको भन्दै देशलाई उपाधि दिलाउन सक्दो प्रयास गर्ने बताइन् उनले भनिन् ‘मेरो लागि मात्र होइन यो सिंगो देशका लागि महत्वपुर्ण समय हो। त्यसैले हामी फाइनलमा सतप्रतिशत प्रयास गर्ने छौं।’ उनले भारतसँगको जितले नेपाली टिममा फरक आत्माविश्वास पलाएको बताइन्। उनले भनिन् ‘हामी समुहचरणमा जुन रफ्तारमा थियौं अब त्यसमा स्वभाविक रुपमा बढेको छ। सबैमा उपाधिको भोक छ त्यसैले म्यानमारविरुद्ध हामी सतप्रतिशत प्रयास गर्ने छौं ।’

नेपाली महिला टिमले यसअघि सिमित अन्तराष्ट्रिय प्रतियोगिताहरुमा चित बुझाउनु पथ्याे अझ नेपाली महिलाका लागि अन्तराष्ट्रिय प्रतियोगिताका रुपमा एकमात्र प्रतियोगिता भनेकै साफ महिला च्याम्पियनसिपमात्र रहन्थ्यो। तर पछिल्लो समय एक्सपोज र अन्तराष्ट्रिय सहभागिता बढेसँगै सफलता पनि हात पार्दै गएको छ।

परिणामत नेपालले उपाधिका लागि यो पटक भारत भन्दा फरक प्रतिद्वन्दी पाएको छ। म्यानमार पछिल्लो समय बलियो रहेपनि हराउनै नसक्ने टिम भने होइन् । यसअिघ २०२० को ओलम्पीक छनोटका लागि भएको स्पर्धामा नेपाल म्यानमारलाई बराबरीमा रोक्न सफल भएको थियो । त्यसैले भारतको भुवनेश्वर स्थीत कालिङ्गा रंगशालामा हुने भिडन्तमा नेपाल स्वभाविक रुपमा म्यानमारलाई हराउने उदेश्यसहित मैदानमा उत्रने छ ।

नेपालले अन्तराष्ट्रिय प्रतियोगितामा फाइनलको अनुभव पटक–पटक लिएको छ। सर्वाधिक धेरै पटक साफ च्याम्पियनसिपमा नेपाल भारतसँग फाइनलमा हारेको छ । २०१०, २०१२ र २०१४ मा नेपाल भारतसँग साफ च्याम्पियनसिपको फाइनलमा पराजित भएको थियो। त्यस्तै २०१० र २०१६ को सागमा पनि नेपाली महिला टिम भारतसँग स्तब्ध बनेको थियो।

तर यो पटक समुहचरणमानै भारतलाई पाखा लगाउन सक्नु नेपाली टिमको एतिहासिक सफलताका रुपमा रह्यो। पहिलो पटक भारतलाई हराउँदाको खुसिलाई उपाधिमा साँट्न मैदान उत्रने प्रशिक्षक हरि खड्काले बताए।  यसअधि लीगकाे पहिलाे खेलमा भने नेपाल म्यानमारसँग तीन शुन्य गाेल अन्तरले पराजीत भएकाे थियाे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.