|

काठमाडौं :  भारत प्रशासित कश्मीरमा विद्रोहीको आक्रमणमा परी मृत्यु हुने सैनिककाे संख्या  ४० पुगेकाे छ। 

कश्मीरको श्रीनगरबाट २० किलोमिटर टाढा पुलवामा जिल्लास्थित राजमार्गमा गुडिरहेको सैनिक गाडीलाई लक्षित गरी चरमपन्थीले आक्रमण गरेको स्थानीय अधिकारीहरूले बताएका छन्।

आक्रमणमा अन्य २० जनाभन्दा बढी घाइते भएका छन्। घाइते केहीको अवस्था गम्भीर रहेको बताएको छ।  राजमार्गमा गुडिरहेका सुरक्षाकर्मीका गाडीलाई लक्ष्य गरी थापिएको विद्युतीय धरापमा परी भारतीय अर्धसैनिक फौजका सुरक्षाकर्मीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

आक्रमणको जिम्मेवारी आतंककारी समूह जैस–ए मोहम्मदले लिएको छ। भारतीय सुरक्षाकर्मीमाथि केही वर्षयता भएको यो सबैभन्दा ठूलो आक्रमण हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस अध्यक्ष राहुल गान्धीसहितले आक्रमणको निन्दा गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.