|

जनकपुरधाम :  धनुषाको पूर्वी क्षेत्रमा विहेभोज खान गएकी एक बालिकाको  विभत्स हत्या भएको छ। मिथिला नगरपालिका –३ हरिहरपुर बस्ने नारायण रसाईलीकी छोरी ११ वर्षकी दुतिया रसाईलीको हत्या भएको हो।

गत बुधबार राति गाउँमै विहेभोज खान गएकी बालिकाको शव घरभन्दा पर मगरटोल नजिक झाडीमा आधा जलेको अवस्थामा बिहीबार फेला परेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए।

स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेपछि पुगेको टोलीले आधा जलेको शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा ल्याएका छन्। साथै घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सरोज राईले बताए।

बालिका हत्या सन्दर्भमा प्रहरीले अनुसन्धान गरिरहेको र हत्या भएपनि के, कसरी हत्या गरिएको हो भन्ने कुरा पोष्टमार्टम रिपोर्टपछि मात्र भन्न सकिने बताए। ‘बालिकाको हत्या भएकै जस्तो देखिन्छ। शवको पोष्टमार्टमले बालिकालाई जिउँदै जलाएको हो अथवा हत्या गरेर जलाएको हो भन्ने कुरा प्रष्ट हुन्छ’ प्रहरी निरीक्षक राईले भने, ‘किन, कसले, कसरी हत्या गरेको छ भन्ने कुरा पत्ता लगाउन हामी लगिरहेका छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.