|

जाजरकोट :  जाजरकोटमा बिहीबार बेलुका भएको बस दुघर्टनामा परी मृत्यु भएका चारमध्ये तीन जनाको सनाखत भएको छ। मृत्यु हुनेमा डोल्पा जिल्ला जगदुल्ला गाँउपालिका–४ छाँचुका मुनबहादुर बोहरा, बाँके जिल्ला खजुरा–२ का बसका सहयोगी हरिबहादुर रावत र सोही ठाउँका सहचालक सागर भण्डारी रहेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए। मृतक एक अधबैंसे पुरुषको भने अझै सनाखत हुन सकेको छैन।

  बस दुघर्घटनाका गम्भीर घाइते पश्चिम रुकुम आठबीकोट नगरपालिका –१३ का लालबहादुर थापा र आठबीसकोट नगरपालिका –११ का भरत चन्दलाई थप उपचारका लागि राती नै नेपालगञ्ज पठाइएको छ। जाजरकोट नलगाड नगरपालिका –५ कालिमाटीका विवश बोहरालाई शुक्रबार बिहान थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए। जाजरकोट अस्पतालमा चार जना र रिम्नामा दुई जनाको उपचार भइरहेको छ। घाइतेको निशुल्क उपचार गरिने प्रजिअ बस्नेतले बताए।

नेपालगञ्जबाट रुकुम पश्चिम आठविसकोट नगरपालिकाको राडीबजार तर्फ गइरहेको भे १ ख १३२९ नम्बरको यात्रुबाहक बस बिहीबार राति जाजरकोट भेरी नगरपालिका –१ रिम्ना स्थित कुइनेउटामा  दुर्घटना भएको हो। जाजरकोट–डोल्पा सडकको खलंगा रिम्न खण्डमा पर्ने यो बाटो कच्ची, साँघुरो हुनुकासाथै धेरै मोड भएकोले दुर्घटना भएको प्रहरीको जनाएको छ। बस निकै थोत्रो भएकाले  पनि दुघर्टना भएको प्रहरीको भनाइ छ।  घटनास्थल सदरमुकाम खलंगाबाट करिब १५ किलोमिटरको दूरीमा पर्छ। घाइेतको स्वास्थ्य लाभको कामना र मृतक प्रति भावपुर्ण श्रदान्जली व्यक्त गदै वन तथा वातावरण मन्त्री शक्तिबहादुर वस्नेतले उपचारमा कुनै कमी हुँन नदिन आग्रह गरेका छन्।

 त्यस्तै पूर्व-शान्ति मन्त्री सत्यपहाडी, सांसद गणेसप्रसाद सिंह, बीरबहादुर शाहीले समेत दुख व्यक्त गरेका छन्। उनीहरूले पटक-पटक सडकको स्तरउन्नतिको कुरा उठाउँदा पनि सम्वन्धित निकायले सडकको काममा ध्यान नदिँदा दुर्घटना निम्तिएको बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.