|

चितवन : चितवनमा जुवा खेलिरहेको अवस्थामा नगदसहित २३ जना जुवाडे पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले बिहीबार मध्यराति गरेको विशेष अप्रेसनमा जुवाडेहरु पक्राउ परेका हुन्। जुवा खेलीरहेको स्थानबाट १६ थान कौडासहित उनीहरुलाई पक्राउ गरीएको चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए। यस्तै, उनीहरुको साथबाट ९ लाख ३२ हजार ८ सय १३ रुपैँया नगद पनि बरामद गरिएको छ।

भरतपुर महानगरपालीका ११ भोजाडस्थित छिम्केश्वरी टोलमा रहेको एक व्यक्तिको घरमा कौडा खेलीरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरीएको प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए। रेग्मीका अनुसार जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक चिनीमाया तामाङको कमाण्डमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। घरको मुल सटरमा बाहिरबाट चाबी लगाएर घरको तेस्रो तलामा कौडा खेलिरहेको अवस्थामा मध्यराति नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका २३ मध्ये १२ जना चितवनका रहेको छन्। यस्तै गोरखाका ९ र तनहुँका २ जना रहेका छन्। उनीहरुले पेशेवर रूपमा कौडा खेल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी रेग्मीले बताए। रेग्मीका अनुसार पछिल्लो समयको सवैभन्दा ठूलो अप्रेसनमार्फत ठुलो रकम, कौडा र जुवाडे पक्राउ परेको हो।

उनिहरुविरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ अन्तर्गत जुवा कसुरमा अनुसन्धान कारवाहि गरिने प्रहरीले जनाएको छ। जुवा तास नखेल्न नखेलाउन सवैसँग आग्रह गर्दै जिल्ला प्रहरी कार्यलयले कहि कतै खेलेको थाहा पाए प्रहरीलाई जानकारी गराउन पनि आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.