|

चितवन : चितवन राष्टिय निकुञ्जले शुक्रबार २४ वटा घडियाल गोही राप्ती नदीमा छाडेको छ। निकुञ्जको गोही प्रजनन केन्द्र कसरा नजिकै रहेको राप्ती नदीमा सो गोहि छाडीएको निकुञ्जका संरक्षण अधिकृत वेद कुमार खड्काले जानकारी दिए। उनका अनुसार २२ वटा पोथी र २ वटा भाले गोहि छाडीएको हो।

निकुञ्जले दुर्लव जीव गोहीको संरक्षणका लागी सन १९७८ मा प्रजनन केन्द्र सञ्चालन गर्दै आएको छ। केन्द्रमा ५ सयको हाराहारीमा घडियाल गोहि रहेकामा भालेको संख्या निकै कम रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेद कुमार ढकालले बताए।

गएको माघ २७ गत्ते पनि १५ गोहि राप्ती नदीमै छाडीएको थियो। ढकालका अनुसार यस वर्ष १०० को हाराहारीमा गोहि छाड्ने योजना रहेको छ। अहिलेसम्म देशका विभिन्न नदिमा १ हजार ४ सय बढी घडीयाल गोहि छाडी सकिएको अधिकृत ढकालले बताए। प्रजनन केन्द्रमा हुर्काएर १९८१ बट नदीमा छाड्न थालीएको हो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.