|
File Photo

काठमाडौं : सरकारले काठमाडौंको तीनकुनेमा ग्यास उत्खनन् गर्ने प्रक्रिया सुरु गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले सो ठाउँमा ग्यास उत्खनन्का लागि प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट जग्गा प्राप्तिको कामलाई अघि बढाइएको जानकारी दिएका हुन्। शुक्रबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले काठमाडौं उपत्यकाको विभिन्न १४ स्थानमा ग्यासको सम्भाव्यता खानी तथा भूगर्भ विभाग र जाइकाको सहयोगमा अध्ययन गरेपछि सरकारले तीनकुनेबाट भने त्यसको उत्खनन् कार्यलाई अघि बढाउन लागिएको बताए।

मन्त्री यादवले नवलपरासीको धावदी क्षेत्रमा फलाम खानी रहेको पुष्टि भएको उल्लेख गर्दै सो फलाम खानी उत्खनन्को काम पनि सुरु गर्ने योजना अघि सारे। सो क्षेत्रबाट पठाइएको नमूना चीन सरकारले परीक्षण गरेपछि त्यहाँ फलाम खानी रहेको पुष्टि भएको मन्त्री यादवको भनाई छ। त्यसको विस्तृत विवरण चीनबाट आउन साथ सो क्षेत्रमा फलाम खानी संचालनमा ल्याउने सरकारको योजना छ। मन्त्री यादवले सो क्षेत्रमा एक मिलियन टन फलाम रहेको पाइएको पनि राष्ट्रियसभालाई जानकारी गराए।

उनले चिनीको मूल्य तत्काल बढन नदिने गरी व्यवसायीहरूसँग सरकारले छलफल गरिरहेको पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.