|

काठमाडौं : संसदबाट कर्मचारी समायोजन विधेयक २०७५ बहुमतले पारित भएको छ। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकले विधेयक बहुमतले पारित गरेको हो।

बैठकमा सांसदहरूले विधेयकमाथि छलफलका लागि थप समय मागेका थिए भने जवाफमा संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्री लालबाबु पण्डीतले समितिबाटै छलफल भएर आएकोले थप छलफल आवश्यक नभएको बताएका थिए।

यसअघि राज्य व्यवस्था समितिले विधेयकमा फेरिएका विषयवस्तुबारे सदस्यहरूलाई जानकारी नै नदिई कर्मचारी समायोजन विधेयक पास गरेको आरोप लगाएका थिए। संसदको अर्को बैठक फागुन ६ गते सोमबार दिउसो १ बजे बस्ने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.