|

काठमाडौं : काठमाडौंमा शुक्रबारबाट ‘बृहत कर्णाली एक्स-पो’ सुरु भएको छ। भृकुटीमण्डपमा सुरु भएको एक्स-पो को उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा उनले विनाभेदभाव कर्णाली प्रदेशको विकासमा लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरे। उनले कर्णाली प्रदेशलाई ‘सुन सिरानी हालेर नुनको खोजी गरिरहेको’ प्रदेशको रुपमा चित्रण गर्दै अब त्यहाँको विकासमा सबै राजनीतिक दलहरूले प्रतिस्पर्धा गरेर अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याए।

तीन दिनसम्म चल्ने प्रर्दशनीमा कर्णालीका बहुमूल्य जडीबुटी, मार्सी धानको चामल, लोक्ताको कपडा, स्याउ, सिमी लगायतका वस्तु प्रदर्शनीमा राखिएका छन्। कर्णालीको महत्व काठमाडौंमार्फत देशभर बुझाउने उद्देश्यले आयोजना गरिएको प्रर्दशनीमा मुलुकको समृद्धिमा कर्णाली प्रदेशले दिन सक्ने योगदान समेटिएको पुस्तकहरू पनि राखिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.